असत्य माथी सत्यको जीतको रुपमा मनाउने पर्वहरु मध्य होली पनि एक हुन । फागुन पुर्णिमा भनेर चिनिने यस पर्व फागुन शुक्ल पुर्णिमा (सिल्लाथ्व पुर्णिमा) का दिन मनाउने गर्दछ । सत्य युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस पर्वलाई जोडिएको छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । होलिकाको दहन भएकै कारण यस पर्वको नाम होली रहन गएको थियो ।
होलीसँग जोडिएको अर्को कथा कृष्णको राधाप्रतिको प्रेम हो । कृष्ण गाढा नीलो बर्णको थियो । कृष्णलाई आफ्नो वर्णका कारण राधाले मन नपराउला भनी चिन्तित थिए । उनकी आमा यशोदाले यो कुरा थाहा पाई राधाको अनुहारमा चम्किलो रङको धुलो लगाइदिन सुझाव दिइन् । कृष्णले यसो गरेपछि राधा उनको प्रेममा परिन् ।
यसै दिनबाट रंग होलीको दिन रंग दलिदिने प्रथाको सुरु भएको थियो । यसैदिन भक्तपुरको टोल टोल, चोक चोक, बाटो एवं गलिहरुमा होलिका गीत गाउदै टोलिहरु आउने गर्दछन भने तिनीहरुलाई झ्याल, बरण्डामा बसेकाहरुले पानीले छ्याप्ने गर्दछ । गीतको बोलमा “झ्याले च्वंगु तुकंमा वहे ल्यासे जितमा” भनी केटीहरुलाई जिस्क्याउने गर्दछ ।
यसै दिन चांगुनारायण मन्दिर परिसरमा बंशगोपाल जात्रा हुने गर्दछ जहाँ विश्व कै सबै भन्दा सानो रथ तान्ने गर्दछ । तचपालमा राखिएको भिमसेनको लिङ्गलाई साँझको समयमा भिमसेन पाटीबाट निकाली ब्रम्हायणीमा लगेर पखालिन्छ । यसरी जाने क्रममा होलिका गीत गाउदै जान्छ भने फर्किने क्रममा बिस्काको गीत गाउने गर्दछ । यसले अब बिस्का जात्रा आउन लागेको आभास दिन्छ ।
लेख: GR Ranjit